Khabar Board

महिला फुटबल टोलीका यी दुई खेलाडीले साफ च्याम्पियनसिप गुमाउने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई खेलाडी हिराकुमारी भुजेल र दीपा शाहीले साफ च्याम्पियनसिप गुमाउने भएका छन्। शुक्रबार भएको भुटानविरुद्धको खेलमा घुँडामा चोट लागेपछि उनीहरूले साफका अन्य खेल गुमाउने कोच राजेन्द्र तामाङले जानकारी दिए।

फिजियोले उनीहरूको एसीएल गएको संकेत गरेकाले साफ गुमाउने तामाङको भनाइ छ। उनीहरूको विकल्पमा अन्य खेलाडी छन्। उनीहरूको ठाउँमा सरु लिम्बु र रेनुका नगरकोटीले खेल्नेछन्। नेपाली राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ।

अघिल्ला संस्करणमा भुटानमाथि हावी हुँदै आएको नेपाल आजको खेलमा भने गोलका लागि निकै संर्घष गरेपनि सफलता पाउन भने सकेन।नेपाललाई बराबरीमा रोकेको भुटानले घरेलु टोलीसँग अंक खोस्न सफल भएको छ। बराबरी सँगै नेपाल र भुटानले समान एक अंक बाँडे।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.