काठमाडौं । कुशल भुर्तेलको अर्धसतकप्रेरित नेपालले दोस्रो ट्वान्टी २० खेलमा घरेलु टोली अमेरिकलाई चुनौतीपुर्ण लक्ष्य दिएको छ । अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई १ सय ७१ रनको लक्ष्य दिएको हो ।
अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७०बनायाे । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टी-२० आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए ।
ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भए । शाहले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिए । कप्तान रोहित पौडेल १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिए । करण केसी १ बलमा ६ रन बनाउँदै नट आउट रहे ।
घरेलु टोली अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको छ ।
नेपाल एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ । उता अमेरिका भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ। रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अल राउन्ड प्रदर्शन गरेपछि पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । सुरुवाती ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
यस्तै, यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन्। नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा पहिलो खेलको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । तेस्रो तथा अन्तिम टि ट्वान्टी सोमबार विहान रहेको छ ।