Khabar Board

राष्ट्रिय पुरुष फुटबल टोलीका यी ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइए

काठमाडौं । ताजकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणकमा ३६ खेलाडीलाई बोलाएको छ । नेपालका अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघले जानकारी दियो ।

एन्फाले सोमबार मात्रै न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो । एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरे ।

भिसेन्जो अल्बर्टो एनेससँगको सम्झौता सकिएपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मुख्य प्रशिक्षकविहिन छ । एन्फा युथ एकेडेमीका प्रमुख न्यौपानेले यसअघि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको प्रशिक्षण सम्हालेका थिए ।

यसैगरी एन्फाले चेतन घिमिरेलाई सहायक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । दुवैलाई महासचिव राईले नै नियुक्ति पत्र हतान्तरण गरे ।

नेपालले आगामी फिफा विन्डोमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफाको आगमी विन्डो सेप्टेम्बर ११ देखि १९ सम्म छ । नेपालले ताजकिस्तानमै गएर मैत्रीपूर्ण खेल खेल्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

गोलकिपर : किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान

डिफेन्डर : अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रन्दिप पौडेल, एन्जल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा

मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणी लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई

फरवार्डः जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.