काठमाडौं । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा अमेरिका ‘ए’सँग नेपाल चार विकेटले पराजित भएको हो।
घरेलु टोलीले टस जितर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्दै २५ ओभर २ बलमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो ।
ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालका लागी कुशल मल्लले १८ रन, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमेरिका एका लागी आरिन सुशील नाडकणरी ले ४ विकेट लिए ।
जवाफमा ८२ रनको सामान्य लक्ष्य घरेलु टोलीले २३ ओभर १ बलमा ६ विकेट गुकमाएर पुरा गर्यो । नेपालका लागी सन्दीप लामिछानेले ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । यसअघि अमेरिकासाग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो ।
अब नेपालले कार्तिक ९ बाट १९ गतेसम्म अमेरिकामै हुने आईसीसी विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । यस सिरिजमा घरेलु टोली अमेरिका सहति नेपाल र स्कटल्यान्ड सामेल छन् ।
सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासाग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ । ग्राान्ड प्रेरि स्टेडियममा सबै खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुने छन् ।
नेपाली टोली : अनिलकुमार शाह, भीम सार्की, रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने