यस्तो छ श्रीलंकाविरुद्ध नेपालको प्लेइंग सेट

Image

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक राजेन्द्र तामाङले सोमबार बिहान टोलीमा जोडिएकी फरवार्ड सावित्रा भण्डारीलाई मा राख्दै सुरुआती ११ सार्वजनिक गरेका छन् । त्यस्तै माल्दिभ्सविरुद्ध बेन्चमा बसेकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बा, अमिषा कार्की र अमृता जैसीले सुरुआती ११ मा परेका छन् ।

पहिलो खेलमा नेपालले भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित हासिल गरेको थियो ।

नेपालको सुरुआती ११ 

अन्जिला तुम्बाप्पो सुब्बा(कप्तान) , विमला बिक, रेनुका नगरकोटे, सरु लिम्बु, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी