काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजनको अक्सनमा १ हजार ५७४ खेलाडी दर्ता भएका छन्। अक्सन नोभेम्बर २४ र २५ मा साउदी अरेबियाको जेद्दामा हुनेछ। अक्सनमा नेपालबाट भने एक खेलाडीले पनि नाम दर्ता गराएका छैनन् ।
आइपिएलले नोभेम्बर ४ सम्म खेलाडी दर्ता खुला गरेको थियो। जसमा १ हजार १६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएका हुन्। यसअघि नेपालका सन्दीप लामिछानेले दुई सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए।