स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (हेर्नुहोस् तस्वीरहरु)

Image

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण पछि बिहीवार स्वदेश फर्किएको हो । अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि-२० सिरिज तथा अमेरिकासँग ३ टि-२० आई सिरिज खेलेको थियो ।

भदौ २५ गते क्यानडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग टु अन्तर्गतको ओडिआई सिरिज खेलको थियो । ओडिआई सिरिजको ३ खेलमा पराजित नेपालले १ खेल रद्द भएको थियो ।

नेपाल त्यसपछि भएको त्रिकोणात्मक टि-२० सिरिजमा दोस्रो भएको थियो । क्यानडा भ्रमण सकाएर नेपाल अमेरिका गएको थियो । त्यहाँ नेपालले अमेरिकाकासँगको ३ वटा टि-२० आई सिरिज क्लिन स्विप गरेको थियो ।

त्यसपछि घरेलु टोली र स्कटल्याण्डसँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा २ मा पराजित नेपाल १ जित र १ खेल रद्द हुँदा ३ अंक पाउन सफल भएको थियो ।

हेर्नुहोस् तस्वीरहरु