सञ्जुको उत्कृष्ट सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको शानदार जित

Image

काठमाडौं । सञ्जु सामसानको उत्कृष्ट सत्तकमा भारतले दक्षिण अफ्रिकामा जारी टी-२० शृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ । शुक्रवार भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिका भारतसँग ६१ रनले पराजित भयो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १४१ रनमा सीमित भयो । दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले ११ बलमा २३ रन जोड्नु बाहेक अन्य कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । रेयन रिकिल्टनले ११ बलमा २१ रन जोडे ।

भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २५ रन खर्चेर ३ तथा रवि विस्नोइले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अभेष खानले २.५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २०८ रनको योगफल खडा गरेको हो ।

भारतका लागि सामसनले ५९ बलमा १०७ रन जोडे । उनको पारीमा ७ चौका र १० छक्का थियो । खेल जीवनको दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका सामसनको सो पारी बिर्सन नसकिने किसिमको थियो ।

किङ्समेडमा उनले बनाएको शतक कुनै पनि भारतीय ब्याट्सम्यानले दक्षिण अफ्रिकाविरुद्धको सबै भन्दा छिटो शतक हो । सामसनले कुल ८८ रन बलललाई बाउन्ड्री पार गराएर जोडेका थिए । उनले कप्तान सूर्य कुमार यादवसँग मिलेर ३७ बलमा ६६ रनको साझेदारी गरेका थिए भने तिलक बर्मासँग ३४ बलमा ७७ रनको साझेदारी गरे ।

१७ औँ ओभरमा सामसन आउट भएपछि भारतले बाँकी २० बलमा २८ रन जोड्दै ४ विकेट गुमाएको थियो ।