काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सका विकेट किपर ब्याटर लाहिरु मिलन्था प्लेयर अफ द म्याच भएका छन् ।
विराटनगर किंग्ससँगको खेलमा अर्धशतक प्रहार गरेका लाहिरु मिलन्था प्लेयर अफ द म्याच भएका हुन् । विराटनगरविरुद्धको खेलमा ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा नट आउट ७५ रन बनाएका थिए ।
विराटनगरलाई ८ विकेटले हराउदै जनकपुर विजयी भएको थियो । विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।















