म्याकमुलमको उत्कृष्ट अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो बलियो लक्ष्य

Image

काठमाडौं : ब्रान्डन म्याकमुलमको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १६८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्रान्डोन म्याकमुलेनले ८६ रनको साझेदारी गरे। म्याकमुलेन ५३ रनमा गेहार्ड इरासमसको बलमा साहब आलमको हातबाट क्याच आउट हुन पुगे। म्याकमुलेनले ३१ बलमा ३ चौका र ४ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

ओपनर भण्डारी ३५ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लु धरापमा परे। कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रन बनाउँदै पेलेलियन फर्के। २५ बलमा ३ चौका र २ छक्का हानेका दीपेन्द्र करण केसीको बलमा माइकल लेविटको हातबाट क्याच आउट भए।

अर्का ओपनर जैब खान ११ रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। रोहन मुस्ताफा ५ रन बनाउँदा रासिदकै बलमा बोल्ड आउट भए। आरिफ शेख ३ रन बनाउँदा रनआउट हुन पुगे। स्कट कुगलेइन ७ र ईशान पाण्डे १ रनमा अविजित रहे।

काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक विकेट झारे।