जनकपुरविरुद्ध लुम्बिनीले जित्यो टस, यस्तो छ दुबै टोलीको प्लेइङ-११

Image

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।

दुवै टोलीको प्लेइङ-११ :

जनकपुर बोल्ट्स ११ : आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर

मल्ल लुम्बिनी लायन्स ११ : आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम