सुदूरपश्चिमविरुद्ध चितवनले जित्यो टस, यस्तो छ दुबै टोलिको प्लेईङ-११

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ । चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो भने कर्णाली याक्स विरुद्धको खेलमा भने पराजित भएको थियो ।

यस्तै सुदूरपश्चिमले भने आफ्ना यसअघिका तीनै खेल जितेको छ । उसले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो ।

सुदूरपश्चिम रोयल्स प्लेईङ-११

दीपेन्द्रसिंह ऐरी, दिलप्रित बाज्वा, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर

चितवनले शुक्रबार कर्णाली याक्सविरुद्ध खेलेको टिम २ परिवर्तन गरेको छ । चितवनले ल्युक बेनकेनस्टेन र शरद भेषवाकरलाई बेन्चमा राखेको छ । रञ्जित कुमार हसन इसाखिललाई खेलमा मौका दिइएको छ ।

चितवन राइनाेजको प्लेईङ-११

कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, जान निकोल लफ्टी इटन, हसन इसाखिल, रिजन ढकाल, विपिन रावल(विकेटकिपर), दिपक बोहोरा, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तन्भिर