काठमाडौं । यस वर्षको फिफ्प्रो वर्ल्ड इलेभेनमा च्याम्पियन्स लिग विजेता रियल मड्रिडका ६ र म्यानचेस्टर सिटीका चार खेलाडी समावेश भएका छन् । ग्लोबल प्लेयर्स एसोशिएशनले घोषणा गरेको टिममा अर्जेन्टिनी टोलीका कप्तान तथा विश्वप्रसिद्ध खेलाडी लियोनल मेसी भने पहिलो पटक अटाएनन् ।
मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सन् २०२३ मा इन्टर मायामी गएका थिए । पहिलो संस्करण २००६ यता फिफ्प्रो इलेभेनमा मेसी नपरेको यो नै पहिलो हो ।
२०२४ को फिफ्प्रो इलेभेनमा अग्रपंक्तितर्फ सिटीका अर्लिङ हालान्ड, रियलका किलियन एम्बाप्पे र उनकै टिममेट भिनिसियस जुनियर छन् । पुरुषतर्फको समग्र भोटिङमा रियलकै इंग्लिस मिडफिल्डर जुड बेलिङगम शीर्ष स्थानमा रहे । बेलिङगमले आफ्ना साथीबाट ११ हजार एक सय ७६ भोट पाएका हुन् । रियल र सिटी बाहेकका समावेश एक मात्र खेलाडी लिभरपूलका डिफेन्डर भर्जिल भान डाइक हुन् ।
महिलातर्फ भने इंग्लिस खेलाडीको दबदबा रह्यो । लुसी ब्रन्ज, मेरी अप्र्स, एलेक्स ग्रिनउड, लौरेन जेम्स, किएर वाल्स फिफ्प्रो वर्ल्ड इलेभेनमा समावेश भए । जाम्बियाकी बारब्रा ब्रान्डा महिलातर्फ फिफ्प्रो वर्ल्ड इलेभेनमा पर्ने पहिलो अफ्रिकन खेलाडी बनिन् ।















