काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को १०औं संस्करणको ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको सूचीमा दीपेन्द्रसिंह ऐर, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी अटाएका छन् । सबै खेलाडी सिल्भर क्याटोगोरीका हुन् ।
गत वर्ष पिएसएलको अन्तिम ड्राफ्टमा नेपालबाटआठ खेलाडी थिए। तर कुनै खेलाडीमाथि पनि बोली लागेको थिएनन् ।
पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किङ्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।















