टोटनह्यामसँग लिभरपुल पराजित

Image
Tottenham's Lucas Bergvall, right, shakes hands with Liverpool's Virgil van Dijk at the end of the English League Cup semi final first leg soccer match between Tottenham and Liverpool, at the Tottenham Hotspur Stadium in London, Wednesday, Jan. 8, 2025. (AP Photo/Ian Walton)

एजेन्सी । टोटनह्यामले लिगकपको सेमिफाइनल पहिलो लेगमा लिभरपुललाई १–० ले पराजित गरेको छ।

लुकास बेरगभालले गरेको एक मात्र गोलको मद्धतमा टोटनह्याम विजयी भएको हो। यो सिजन आर्ने स्लटको लिभरपुलको यो दोस्रो हार हो । लिभरपुल सबै खाले प्रतियोगिताका २४ खेलयता पहिलो पटक पराजित भएको हो।

गत सिजन लिभरपुलले योर्गन क्लोपको नेतृत्वमा लिग कपको उपाधि जितेको थियो। घरेलु मैदानमा भएको खेल सकिन चार मिनेट अगाडि १८ वर्षीय बेरगभालले निर्णायक गोल गरे र यससँगै टोटनह्मलाई एक गोलको झिनो अग्रता प्राप्त भएको छ।

अब फेब्रवरी ६ मा एनफिल्डमा दोस्रो लेगको खेल हुनेछ। यो खेल अगाडि टोटनह्ममका १० प्रमुख खेलाडी चोट अथवा विरामीका कारण उपलब्ध थिएनन् । यही खेलका क्रममा रोड्रिगो बेटानकुर पनि चोट बोक्दै