बार्सिलोना कोपा डेल’रेको फाइनलमा, रियाल मड्रिडसँग उपाधि भिडन्त

Image

काठमाडौं । स्पेनी क्लब बार्सिलोना कोपा डेल’रे फाइनलमा पुगेको हो छ । बुधबार राती एटलेटिको मड्रिडको मैदानमा भएको फेमीफाइनल खेलमा १-० तथा समग्रमा ५-४ को जित निकाल्दै बार्सिलोना फाइनलमा पुगेको हो ।

योसँगै कोपा डेल रे’को फाइनलमा एल क्लासिको भिडन्त हुने भएको छ । उपाधिका लागि दुई बलिया प्रतिस्पर्धी रियाल मड्रिड र बार्सिलोनाको भिडन्त हुने भएको हो । रियाल यसअघि नै रियाल सोसिडाडविरुद्ध गोल वर्षा गरेर फाइनल पुगिसकेको छ ।

मुलुका दुई सफल टोलीबीच अप्रिल २६ मा आठौं एल क्लासिको भिडन्त हुनेछ । बार्सिलोनाले यो सिजन स्पेनिस सुपर कप जितिसकेको छ । ला लिगामा समेत रियाल मड्रिडसँग तीन अंकको अग्रता कायम गरेको छ ।

बार्सिलोनाले रियालसँग कोपा डेल’रेको फाइनल खेल्नुअघि ९ अप्रिलमा च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा बोरुसिया डर्टमण्डलाई स्वागत गर्ने छ ।