आईपीएलका बाँकी खेलमा चेन्नईको कप्तानी धोनीले गर्ने

Image

काठमाडौं । आईपीएल २०२५ को बाँकी सिजनका लागि चेन्नई सुपर किङ्सको कप्तानी फेरि महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन्। कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले फेरि नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।

गायक्वाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका हुन्। मार्च ३० मा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा अर्ली शट खेल्ने क्रममा बल मिस गरेपछि बल सिधै अनकभर भएको कुहिनोमा लागेको थियो।

चोट लागेपनि उनले त्यस खेलमा ब्याटिङ जारी राख्दै ६३ रन जोडेका थिए। त्यसपछि पनि उनले दुई खेल खेले, जहाँ अप्रिल ५ मा दिल्ली क्यापिटल्सविरुद्ध चेन्नईमा ५ रन बनाए भने अप्रिल ८ मा पञ्जाब किंग्सविरुद्ध मुल्लापुरमा मात्र १ रनमा आउट भए।

गायक्वाड शुक्रबार कोलकाता नाइट राइडर्सविरुद्धको घरेलु खेलअघि अन्तिम घडीमा प्रतियोगिताबाट बाहिरिन बाध्य भए। यो चेन्नईका लागि ठूलो धक्का हो, किनभने टोलीले पहिलो पाँच खेलमध्ये चारमा हार बेहोरेको छ। अहिले अंक तालिकामा चेन्नई नवौं स्थानमा छ, सनराइजर्स हैदराबादभन्दा माथि मात्र।

अब बाँकी खेलमा धोनीको कप्तानीमा चेन्नई पुनः लयमा फर्कन प्रयास गर्नेछ। ४३ वर्षीय धोनीको कप्तानीमा चेन्नईले पाँचपटक उपाधि जितेको छ ।