दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले

Image

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँग सम्झौता नविकरण गरेका छन् । नेदरल्यान्ड्सका यी प्रभावशाली खेलाडीले लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेको समाचारमा जनाइएको छ ।

३३ वर्षीय सेन्टर–ब्याक भान डाइकको अघिल्लो सम्झौता अवधि यसै सिजनको अन्त्यमा सकिँदै थियो । इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग अब भान डाइक पनि थप दुई वर्ष लिभरपुलमै रहने छन् ।

३२ वर्षीय सलाहले गत साता लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेका थिए । ‘अन्ततः थप दुई वर्ष लिभरपुलमै रहने निर्णय लिइयो । लिभरपुल नै मेरा लागि सही क्लब हो,’ भान डाइकले भनेका छन् ।

पछिल्लो समय उनी लिभरपुल छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० मा आबद्ध हुने चर्चा पनि चलेको थियो । सन् २०१८ मा लिभरपुलमा आबद्ध भएका भान डाइकले क्लबका लागि तीन सय १४ खेल खेलिसकेका छन् । उनी सन् २०२३ मा लिभरपुलको कप्तान बनेका थिए ।