सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर

एजेन्सी । इटालियन सिरी’एमा इन्टर मिलानलाई पछिपार्दै नापोली शीर्ष स्थानमा उक्लिएको छ । टोरिनोलाई २-० ले हराउँदै नापोलीले लामो समय शीर्ष स्थान कब्जा गरेर बसेको इन्टरलाई पछि पारेको हो ।

इन्टर भने आफ्नो ३४ औं खेलमा हार्न पुग्यो । इन्टरलाई घरेलु मैदानमा एएस रोमाले १-० ले हरायो । यो खेलपछि शीर्ष स्थानको नापोलीको ७४ अंक भएको छ भने इन्टरको ७१ अंक छ ।

यी दुईबीच उपाधिका लागि कडा टक्कर परेको छ । चार खेल बाँकी रहँदा दुबैलाई अबका खेल जित्नै पर्ने दबाब परेको छ । रोमासँगको हारले इन्टरलाई नापोली भन्दा बढी दबाब परेको हो ।

लिग अन्तर्गत युभेन्टसले मोन्जालाई २-० ले, फायोरेटिंनाले इम्पोलीलाई २–१ ले, एसी मिलानले भेनेजियालाई २-० ले र कोमोले जिनोआलाई १-० ले हराए । एटलान्टटा र लेसेले भने १-१ को बराबरी खेल्दै अंक बाँडे ।