काठमाडौं । सुनिल नरायनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा शानदार प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौथो जित निकालेको छ ।
कोलकाताले दिल्लीलाई १४ रनले हराएको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो ।
फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। कप्तान अक्षर पटेलले ४३ रनको योगदान दिए। विपराज निगमले ३८ रन र करूण नायरले १५ रन बनाए।
यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा सुनिल नराइनले ४ ओभरमा २९ रन दिंदै ३ विकेट लिए। वरूण चक्रवर्तीले २ विकेट झारे।
त्यसअघि अरूण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो।
कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह गुर्बाज १२ बलमा २६ रनमा आउट भए। अर्का ओपनर सुनिल २७ रनमा र कप्तान अजिन्के राहने २६ रन जोडेर अक्सर पटेलकको बलमा एलबिडब्लु धरापमा परे।
लगत्तै ७ रन बनाएका वेंन्कटेश अयर पनि ७ रनमा अक्षर कै बलमा आउट हुन पुगे। अंगक्रिश रघुवंशीले ३२ बल खेल्दै ३ चौका र २ छक्का सहित ४४ रनको पारी खेले। यस्तै रिन्कु सिंहले ३६ रन र आन्द्रे रसलले १७ रन जोडे।
बलिङमा मिचेल स्टार्सले ३ विकेट लिए। अन्तिम ओभरमा ह्याट्रिक विकेटबाट चुके। उनले २० औं ओभरको तेस्रो बलमा ५ रन बनाएका रोभम्यान पोवेलकाई एलबिडब्लु धरापमा पारे।
चौथो बलमा आन्द्रे रसल १७ रनमा रनमा रन आउट भए। विपराज निगम र अक्षरले समान २ विकेट लिए। कोलकाताको यो दशौं खेलमा चौथो जित हो। उसले ९ अंक बनाएको छ। कोलकाता सातौं स्थानमा कायमै रहेको छ।
दिल्लीको यो चार खेलमा तेस्रो हार हो। चौथो हार बेहोरेको दिल्लीसँग १२ अंक रहेको छ। दिल्ली चौथौ स्थानमा छ।