काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोले गेटाफेलाई हराएको छ । भायकानोले घरेलु मैदानमा गेटाफेलाई १-० ले हराएको हो । उसका लागि फ्लोरियन लेज्यूनले सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
पूरै खेल समयभर गेटाफेले गोल गर्न सकेन, उल्टै ८० औं मिनेटमा जेनेले रातो कार्ड खाएपछि १० जनामा सिमित भयो । लिगमा ३४ औं चरणका खेल सुरु हुँदा भायकानो ४४ अंकका साथ नवौं स्थानमा छ भने गेटाफे ३९ अंकका साथ १२ औं स्थानमा छ ।
३३ खेलबाट ७६ अंक जोडेको बार्सिलोना उपाधि नजिक पुगेको छ । दोस्रो स्थानको रियाल मड्रिडको समान खेलबाट ७२ अंक छ । भने तेस्रो स्थानको एटलेटिको मड्रिडको ६६ अंक छ ।