काठमाडौँ । केभिन डि ब्रुयनको निर्णायक गोलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई पराजित गर्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ। शुक्रबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वुल्भ्समाथि १–० को जित दर्ता गरेको हो।
सिटीका लागि अन्तिम घरेलु खेल खेलेका मिडफिल्डर ब्रुयनले सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाड्ने घोषणा गरेका थिए। पहिलो हाफको ३५ औँ मिनेटमा जेरेमी डोकुको लो क्रसमा गोलमा गोल गरेका थिए। जितसँगै
सिटीले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनोट हुने दौडमा बलियो पकड बनाएको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली वुल्भ्सले दबाबमा राख्ने प्रयास गरिरहेको थियो।
जितसँगै सिटीले ३५ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ। ३४ खेलबाट ८२ अंक भएको च्याम्पियन लिभरपुल शीर्ष र ६७ अंक भएको आर्सनल दोस्रो स्थानमा छन्।
३४ खेलबाट ६२ अंक भएको न्युक्यासल चौथो र समान खेलबाट ६० अंक भएको चेल्सी पाचौँ स्थानमा छ। ३४ खेलबाट ६० अंक भएको नटिङ्घम फरेष्ट छैटौँ स्थानमा रहेको छ।