एक सयौं खेलमा नेपालको ऐतिहासिक जित र कप्तान सावित्राको ह्याट्रिक

Image

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले उत्कृष्ट सुरूवात गरेको छ। उज्वेकिस्तानमा सुरु भएको छनोटमा नेपालले लाओसलाई ९- ० गोलले हरायो। पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल गरेको थियो।

खेलमा पहिलो पटक कप्तानी गरेकी फरवार्ड सावित्रा भण्डारी साम्बाले ५ गोल गरिन्। उनले खेलको ४४, ५५, ७५ र ८९ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। साथै साम्बाले ७९ मिनेटमा चौथो गोल गरिन्।

पहिलो गोल अनिता बस्नेतले १२औं मिनेटमा गरेकी थिइन्। सरु लिम्बुले ४७, रश्मीकुमारी घिसिङले ५६ र अनिता केसीले ८३ मिनेटमा एक एक गोल थपे।

एन्फाले कप्तान फरवार्ड सावित्रा भण्डारी सम्बा पहिलो पटक दिएको हो। साथै यो नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत हो। पछिल्ला खेलमा कप्तानी गरेकी अन्जिला तुम्बापो सुब्बा भने बेञ्चमा थिइन्। अन्जिला बेन्च रहेपछि अन्जना रानामगर गोलकिपरको भूमिकामा थिइन्।

समूह ‘एफ’ को छनोटमा समूहमा अब नेपालले बुधबार श्रीलंका र शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ। यो समूहमा शीर्ष स्थान हात पारे मात्र नेपाल एसियन कपमा छनोट हुनेछ।