Khabar Board
Flash logo up side
flash header

लाइसेन्सको फारम भर्दै हुनुहुन्छ? सरकारले ल्यायो यस्तो छ नयाँ व्यवस्था

Nirbachan m

काठमाडौं ।

अब सवारी चालक अनुमति पत्रका लागि एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था गरेको हो ।

विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन फारम भर्दा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण भर्दा त्रुटि भएमा आवेदन गरेको/गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर आफ्नो विवरण पुनः भर्न समेत अनुरोध गरेको छ ।

Center article

विभागको सूचनाः यस विभागले हालै संचालनमा ल्याएको सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोवाईल नं. प्रयोग गरी एकभन्दा बढि प्रोफाईल बनाई आवेदन फाराम भरेको देखिन आएकोले एउटा मोबाईल नं. र नागरिकता नं.बाट एकपटक एउटा मात्र अनलाईन प्रोफाईल बनाउन सकिने गरी व्यवस्थापन गरिएको हुँदा अनलाईन प्रोफाईल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा आफूले आवेदन गरेको / गर्न  चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाउन लगाई पुनः आफ्नो विवरण भर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । प्रत्येक दिन बिहान ७ बजे १६ औं दिनको लागि आवेदन खुल्ला हुने भएक्रोले समय व्यवस्थापन सोही बमोजिम गर्नुहुन समेत अनुरोध छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.