मोबाइल बैंकिङ मार्फत १० ट्रान्सफर गर्दा ११.३० रुपैयाँ शुल्क, सामाजिक सञ्जालमा आलोचना

Image

काठमाडौं । “१० रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ कर लाग्ने देश नेपाल मात्र हो ?” भन्ने पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पोस्टमा १० रुपैयाँ ट्रान्सफर गर्दा ११.३० रुपैयाँ शुल्क लाग्ने देखाइएको छ ।

एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ सेवा शुल्क र त्यसमा १३ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । सामाजिक सञ्जालमा यसप्रति आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले साना कारोबारका लागि यो शुल्क घटाउने वा निःशुल्क बनाउने बारे छलफल भइरहेको बताएका थिए ।

यद्यपि, हालसम्म यो शुल्कमा सरकारबाट कुनै ठोस कदम चालेको छैन । मर्चेन्ट क्यूआरबाट भुक्तानी गर्दा शुल्क नलागे पनि व्यक्तिगत खातामा ट्रान्सफर गर्दा यो शुल्क लाग्छ ।