हेटौंडा।
स्थानीयनिर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले भोलि बृहत आमसभा गर्ने भएको छ ।
स्थानीय चुनावी सभा तथा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसमा हेटौंडा-४ मा रहेको हुप्राचौरमा ओयोजना गरिएको कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय रहेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिएका छन्
उनका अनुसार आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढि जनसहभागिता रहने छ ।
कार्यक्रम सुरु हुनुअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल यात्रा गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेको बताईएको छ । चुनावी सभामा १० वटै स्थानीय तहका एमालेका उम्मेद्वार,नेता,कार्यकर्ताहरु ४० हजारभन्दा बढी जनसहभागि हुने एमालेले जनाएको छ।