Khabar Board

एमाले वडा अध्यक्ष उम्मेदवार : आचारसंहिता उल्लंघन गर्दै प्लास्टिक वितरण

हेटौंडा।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा टनेलमा प्रयोग हुने प्लास्टिक र रात्रिकालीन भोजको लागि लगिएको सामाग्री स्थानीय युवाहरुले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको हो ।

एमालेका वडा अध्यक्षका उम्मेदवार टिका प्रसाद दाहालको निर्देशनमा प्लास्टिक टनेल वितरणका लागि ठुलोसल्ले भन्ने ठाउँमा बिहिबार राती ९ बजेतिर वडा सदस्यको उम्मेदवार भीममाया तितुङ सहित युवाहरुले एमालेको चुनाव प्रचारप्रसार गाडी नियन्त्रण लिई प्रहरीलाई बुझाएको हो ।

गाउँपालिकाको बजेटमा एक घर एक टनेल कार्यक्रम अन्तरगत आएको उक्त टनेल प्लास्टिक चुनावी मैदानमा गठबन्धन सँग हार्ने अवस्था देखिएपछि दाहालले रातीराती वितरण गर्दै र सुर्यमा मत माग्न युवाहरुलाई परिचालन गरिएको पाइएको हो ।

दाहालले आचारसंहिता उल्लंघन गर्दै प्लास्टिक वितरण गरेका हुन् । उनले बागदली खानेपानी उपभोक्ता समितिलाई थाहै नदिई खानेपानी पाइप बाढेको र पालिकाको बजेटमा डुम्रेकुना क्षेत्रका लागि ल्याइएको ट्युववेल, पाइपहरु आइपिएम कृषि सहकारीमा राखी गोप्य रुपमा युवाहरु परिचालन गर्दै वितरण गर्ने योजना रहेको स्थानीयहरुले बताएका छन् ।

भूकम्प पिडित स्थानीयहरुले यस अघि वडा अध्यक्ष रहदाँ४वटा भूकम्प घरको रकम हिनामिना गरेको आरोप समेतलगाएका छन् । यस विषयमा निर्वाचन अधिकृतको कार्यालयर प्रहरीलाई जानकारी गराउँदा समेत वेवास्ता गरि उनीहरुकैमिलोमत्तो रहेको आशंका देखिन्छ ।

गाउँपालिकाको अध्यक्षकै निर्देशनमा प्रहरी तथा निर्वाचन अधिकृतको कार्यालय आचारसंहिता उल्लंघन भइरहदाँ वेवास्ता गरेको प्रष्ट देखिन्छ । विहीबार राती प्रहरी चौकी धादिङले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रहरी कार्यालय पठाइएको छ । दाहाल यस अघि पनि एमालेबाट निर्वाचित वडा अध्यक्ष रहेका थिए । (हेटौंडा टुडे)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.