मकवानपुरमा शान्तिपूर्ण मतदान :आजै राती देखि गणना हुने

Image

हेटौंडा।
मकवानपुरमा आज भएको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न भएको  छ । बर्षाको कारण केही बेर मतदानमा समस्या देखिएपनि उत्साहजनक रुपमा मतदाताहरुले मतदानमा भाग लिएको देखिएको छ । हेटौडा उपमहानगरपालीकाका प्रमुख निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले हेटौडानगर क्षेत्रमा शान्तिपुर्ण मतदान भएको बताउनु भएको छ ।

यसै बिच हेटौडा उपमहानगरपालीकाको सम्पुर्ण वडाहरुको मतगणना आजै राती हेटौडाको सिदार्थ स्कुलमा हुने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भएको छ । उहाँले सबै मतपेटिकाहरु आईसकेपछि मतगणना गर्ने जानकारी दिनु भयो । मतमगणना स्थलमा संचारकर्मीहरुले आफु आबद्धसंचार संस्थाको परिचयपत्रले रिपोटिग गर्न सकिने पनि श्रेष्ठले बताउनु भयो ।

मकवानपुरको १० स्थानीय तहमा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको हो । विहान ७ बजेदेखि नै मतदान केन्द्रहरुमा मतदाताको बाक्लो उपस्थिति रहेको छ । निर्वाचन केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो । मकवानपुरको ३ सय ५६ मतदान केन्द्रबाट २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेपनि कतिले मतदान गरे रिपोर्ट आउन बाँकी रहेको छ ।