Khabar Board
Flash logo up side
Nirbachan aayog

आज सुदूरपश्चिमसहित यी प्रदेशमा पानी पर्ने सम्भावना

Nirbachan m

काठमाण्डौ ।

आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बेलुका देशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रमा बेलुकी हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशमा पहाडी केही क्षेत्रमा मात्रै पानी पर्ने अनुमान छ ।

Panacea Education

अबको केही दिन ठूलो पानी पर्ने सम्भावना छैन । मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै गएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् पौडेलले बताउनु भयो । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा गएराति पानी परेको थियो ।

अहिले पानी पर्न रोकिएपछि बिस्तारै मौसम खुल्दै गएको छ । अबको तीन दिन कोशी, नारायणी, कन्काई, कर्णाली, महाकालीलगायत ठूला नदीमा पानीको सतह सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.