हेटौंडा। भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आजको तापक्रम ४० डिग्री सेल्सियस पुगेपछि गर्मी बढेको हो । न्यूनतम तापक्रम भने २३ डिग्री सेल्सियस रहेको छ । गर्मी बढेसँगै चितवनका बजार क्षेत्रमा दिउँसो मानिसको चहलपहल धेरै घटेको छ । चैत ३० गते चितवनको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस रहेको थियो भने न्यून तापक्रम २० डिग्री सेल्सियस रहेको थियो । पाँच दिनमभित्र तापक्रम चार डिग्री सेल्सियस बढेको छ ।
सर्तक रहन चिकित्सकको सुझाव।
गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न गम्भीर समस्या देखापर्ने भएकोले सतर्क रहन चिकित्सकले अनुरोध गरेका छन् । भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले गर्मी मौसममा कमजोरी, मृगौलामा समस्या, पानी कम हुने, हैजा, टाइफाइड, घाम र धूलोमा हिड्दा दम जस्ता समस्या देखिने भएकोले सर्तक हुनुपर्छ । त्यसैगरी यस समयमा सर्प र लामखुट्टेबाट फैलने रोगहरुको समस्या धेरै देखिने डा पौडेलले बताएका छन्। यो समयमा कोरोना पनि फैलने उनको भनाइ छ । डा पौडेलले यसबाट बच्नको लागि घाममा नहिड्ने, झोलिलो खानेकुराहरु प्रशस्त खानको लागि सल्लाह दिएका छन् । उनले भरतपुर अस्पतालमा गर्मी सुरु भएसँगै रुघाखोकी र ज्वरोको बिरामी पनि बढ्न थालेको जानकारी दिएका छन् ।