बैतडी । बैतडी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचनको अन्तिम परिणाम अनुसार हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गरेका छन् भने चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत मात्र पाएका छन्।
यस्तै, लगातार तीन पटक बैतडीबाट निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी यसपटक भने १७ हजार ९१ मत सहित तेस्रो स्थानमा सीमित भएका छन्।
बैतडी–१ मा कुल ७२ हजार ८ सय ४३ मत खसेको थियो भने ५ हजार १ सय १३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
अन्य उम्मेदवारहरूको मत परिणाम:
प्रमानन्द भट्ट (तारा ) – ६,९६५
भुपेन चन्द (हलो) – २,६८१
राम बहादुर कुँवर (गुलाब) – २९९
नवराज कोइराला (मादल) – ९४
आनसिंह भण्डारी (छाता) – ९४
गजेन्द्र पाण्डेय (माटो) – ७८
विशनसिंह बोहरा (मोबाइल) – ८२
जयप्रकाश पन्त (भगेरो) – १८
यसैगरी बदर मत ५,११३ रहेको निर्वाचन कार्यालयले जनाएको छ।















