मकवानपुर जिल्लामा डेङ्गु संक्रमितको संख्या ५ हजार नाघ्यो

Image

हेटौंडा।

मकवानपुर जिल्लामा सोमबार ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संगै आजसम्म जिल्लामा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ८ सय जना पुरुष र २ हजार २ सय ४५ जना महिला गरी जम्मा ५ हजार ४५ जनामा संक्रमण पुष्टि भइसकेका छन भने हेटौंडा उपमहानगरपालिका भित्र मात्रै हालसम्म ३ हजार ९ सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । हेटौंडामा २ हजार २ सय जना पुरुष र एक हजार ७ सय ५५ जना महिला संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आइतबार १३ जनामा डेंगु संक्रमण देखिएको थियो भने सोमबार ८ जनामा डेंगु संक्रमण देखिएको छ । यसले जिल्लामा पछिल्लो २ दिनदेखि डेंगु संक्रमणको संख्या घट्दो रहेको तथ्याङ्कले देखाएको छ ।

सोमबार संक्रमण पुष्टि भएका ८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनकारी दिएको छ ।