बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु

Image

बैतडी ।

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिए। उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी रहेको छ।