हेटौंडा एडभेन्चर क्लबको आयोजनामा ५ गते शनिवार प्रथम हेटौंडा सम्पदा यात्रा सम्पन्न

Image

हेटौंडा। हेटौंडा एडभेन्चर क्लबको आयोजनामा आश्विन ५ गते शनिवार प्रथम हेटौंडा सम्पदा यात्रा सम्पन्न भएको छ । हेटौंडा ४ पशुपति मन्दिरबाट प्रारम्भ भएको सो कार्यक्रम संस्थाका अध्यक्ष सुशिल सुवेदीको सभाध्यक्ष मा भएको उद्दघाटन कार्यक्रम मा प्रमुख अतिथि ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देलको उपस्थितिमा भएको थिय‍ो ।

उद्घाटन कार्यक्रम मा प्रमुख अतिथि सिग्देलले यस्ता किसिमका यात्राले धार्मकि तथा पर्यटकिय यात्राले जिल्लाको पर्यटकिय क्षेत्रमा टेवा पुराउने बताउनुभयो ,यात्रा पशुपति मन्दिरबाट सुरु भै जामे मस्जिद ,भुटनदेबी मन्दिर ,पाथिभरा मन्दिर ,मनमोहन भ्युटावर ,शहिद स्मारक ,पुण्यक्षेत्र ,बनस्पति ,कुष्माण्ड सरोवर ,चुरियामाई मन्दिर ,दक्षिण एसियाकै पहिलो सुरुङमार्ग ,कमाने स्थित लोकतान्त्रिक पोखरी ,बनदेबी मन्दिर ,थेक्छेन छोईलिङ गुम्बा ,जुरेथुम ,गुम्बाडाडाँ ,मकवानपुर गढि ,शिखरकटेरी ,मनकामना मन्दिर हुदै नागस्वती न्युरेनी स्थित पशुपति मन्दिर सभाहलमा आएर समापन भएको थिय‍ो ,६३ वटा मोटरसाइकल मा करिब ११५ जनाको सहभागिता रहेको थियो यात्रीले १२७ किलोमिटर यात्रा तय गरेको थियो ।

कार्यक्रम मा सहभागीहरुलाई समापन सत्रका प्रमुख अतिथि माननिय एकालाल श्रेष्ठ ले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम मा अतिथि दिपेश लामिछानेले मन्तब्य राख्नुभएको थिय‍ो सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले युवाहरुले स्वतस्फूर्त रुपमा यस्ता कार्यक्रम गरि पर्यटन प्रबर्द्धन गरेकोमा खुशि ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्नको लागि आग्रह गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष सुवेदीले संस्थाले आगामी दिनमा समेत यस्तै कार्यक्रम हरुलाई निरन्तरता दिने समेत बताउनुभयो । यात्राको क्रममा शहिद स्मारक ,नागस्वती चोक,मकवानपुर गढि तथा कुष्माण्ड सरोवरमा बिभिन्न ब्यक्तिहरुले स्वागत गर्नुभएको थियो ।