हेटौंडा। हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो ।
दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने भएकोले सवारी आवागमनमा रोक लगाएको सूचनामा उल्लेख गरिएको छ भने कालोपत्रे कार्य अगाडी बढाउनका लागि उक्त सडकमा सवारी चाप हुदा काम गर्न कठिनाइ भएकाले असोज ८ गतेदेखि मिति १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो ।
सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि आग्रह समेत गरिएको छ ।















