वैवाहिक बन्धनमा बाँधिए क्रिकेटर आरिफ

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २७ वर्षीय आरिफले सबाना खातुनसँग बिहीवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् ।

आरिफ नेपालले खेलेको पहिलो ओडिआई टोलीका सदस्य रहेका थिए । घरेलु क्रिकेटमा आरिफ विभागीय टोली नेपाल पुलिस क्लब खेल्नेछ ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।