मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । व्यापार विस्तारको लागि अनुभवी जनहरूको सहयोग मिल्नेछ साथै रोकिएको कामहरू सम्पादन हुनेछन् । प्रभावशाली व्यक्तित्वको निर्माण गर्ने समय रहेको छ । पारिवारिक समस्यामा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्न गाह्रो रहेको छ । सञ्चित धनमा केही हानि हुन सक्ला । सन्तानको प्रगति हुनेछ । भौतिक साधन जुट्नेछ । प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ । स्वास्थ्यको दृष्टिले यो महिना हजुरलाई सामान्य देखिएको छ । कफको समस्याले हजुरलाई सताउन सक्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना अनुकूल रहनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । पिताको कार्यक्षेत्रमा सहयोग मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । प्रतिस्पर्धामा विजय मिल्नेछ । कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ । आर्थिक पक्ष सबल रहनुको साथै नयाँ नोकरीमा सफलता पाइनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नुको साथै संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ । आयका नयाँ स्रोतहरू बढ्नेछन् । स्वास्थ्यलाई लिएर यो महिना ठिक रहनेछ । ब्लड प्रेसर र मधुमेहको बिरामीहरूले चिकित्सकको उचित परामर्श लिनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । नँया घर प्रवेश आदिका पनि योग बनिरहेका छन् । घरमा मांगलिक कार्यमा धन खर्च हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै आध्यात्मिक क्षेत्रमा विकास हुनेछ । राज्यपक्ष वा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । भौतिक सुख सुविधा जोड्ने समय रहेको छ । घरको मर्मत आदिमा धन खर्च हुनेछ । कार्यक्षेत्रमा हजुरको योग्यताको मूल्याङ्कन हुनेछ । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्ने सम्भावना रहेको छ । कार्य क्षेत्रमा रोकिएका कार्य सम्पादन हुनेछन् । समाजसेवालाई लिएर नयाँ अभियानहरू थालनीमा माननीयजनहरूको साथ सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक वा सामाजिक क्षेत्रमा हानिका योग छन् । भविष्यलाई लिएर नयाँ जग बसाउन सकिनेछ । वादविवादबाट टाढा रहने प्रयास गर्नुहोला । शत्रु पक्ष सक्रिय रहनाले मन अस्थिर हुन सक्ला । कार्यक्षेत्रमा झुठो आरोप लाग्न सक्छ । सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ । पारिवारिक उल्झनबाट निस्किन अलि समय लाग्ला । महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्नको लागि सही समयको प्रतिक्षा गर्नुहोस् । स्वास्थ्य कमजोर हुनाले दम तथा श्वासप्रश्वासको समस्या देखिन सक्ला । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर मिल्ने योग छ । वैदेशिक यात्राको योग छ । विदेशतिरबाट कुनै शुभ सूचना सुन्न मिल्ला । मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिको लागि यो महिना राम्रो रहनेछ । विवाह आदिका योग बनिरहेको छ । जीवन साथीसँग रमाइलो भ्रमणको पल बिताइनेछ। दाम्पत्य जीवन सुखमै रहनेछ । जीवन साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन उचित समय रहेको छ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । प्रशस्त धन वा बहुमूल्य धातु संग्रह गर्ने योग रहेको छ । जीवन साथीद्वारा उपहार मिल्ला । मनोरञ्जनात्मक या कलात्मक क्षेत्रमा समय बित्नेछ । व्यावहारिक पक्ष सुल्झिनेछ । साझेदारी व्यापारबाट मनज्ञ लाभ मिल्नेछ । कार्यक्षेत्रमा झट्टै कसैको विश्वास नगरौं । व्यापार व्यवसायमा विश्वास पात्रबाट धोका मिल्न सक्ला । कानूनी समस्या सुल्झिनेछ । जीवनको नयाँ आनन्द नयाँ अनुभूति मिल्नेछ । स्वास्थ्यको दृष्टिले साता सामान्य रहेको छ । जन्म रोगबाट मुक्ति मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक दृष्टिले यो महिना खर्च धेरै हुनेछ । कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् । व्यापार व्यवसायमा कानुनी समस्या आउन सक्ला । बैंकिङ वा मार्केटिङ क्षेत्रबाट मनग्य लाभ मिल्नेछ । नोकरीमा अपयस मिल्नाले मन अशान्त रहनेछ । विदेशतिर ताक्नेहरूलाई यात्रामा बाधा आउनेछ । विद्यार्थीहरूलाई पढाइमा नयाँ सिक्ने अवसर मिल्नेछ । मामाको तर्फबाट कुनै बहुमूल्य उपहार मिल्न सक्ला । कार्यक्षेत्रमा उपलब्धिमूलक कार्य सम्पादन गर्न सकिनेछ । स्वास्थ्य सामान्य रहनेछ । मौसमी बिमारीहरूबाट बच्चाहरूलाई जोगाउनुहोला । पेटसम्बन्धी समस्या छ भने बढ्नेछ । खानपानमा सादा भोजन सेवन गर्नुहोस् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि समय उपयुक्त रहेको छ । नयाँ कार्य थालनीको लागि बैंकबाट लोनको समस्या सुल्झीनेछ । पठन पाठनमा आलस्यले गर्दा समय कमजोर रहनेछ । नोकरीमा स्थान्तरणका योग छन् । व्यापार व्यवसायमा लाभ रहनेछ । सन्तानको प्रगतिले मन हर्षित वा आनन्दित रहनेछ । गृहणीहरूको सौन्दर्यक सामानमा धन खर्च हुनेछ । प्रेम सम्बन्ध कसिनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ सहयोग मिल्नेछ । स्वास्थ्यको दृष्टिले समय सामान्य रहेको छ । घुँडा दुख्ने समस्या बढ्न सक्ला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । महत्वकांक्षी योजना सम्पादन हुनाले यो महिना मन आनन्दित र प्रफुल्लित रहनेछ । समाजमा इष्टमित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्य सम्पादन हुनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । पुरानो मित्रहरूको साथको भेटघाटले पुराना कुराहरू ताजा हुनेछन् । घर परिवारमा मनमुटाव हुन सक्ला । पुरानो विवादलाई लिएर घरमा झैँ झगडाका योग छन् । डिप्रेसन आदिको समस्या थियो भने वृद्धि हुन सक्छ । समयमा मनोचिकित्सकको सल्लाहले कार्य गर्नुहोला । माताको स्वास्थ्यमा सुधार आउनेछ । स्वास्थ्यको दृष्टिकोणले यो समय सामन्य रहेको छ । भगवान शिवलाई जल अर्पण गरेर दिनको सुरुवात गर्नुहोस् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिका वर्गहरूलाई यो समय राम्रो रहेको छ । धेरै पराक्रममा वृद्धि हुनेछ । साथै नयाँ माहोलमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ । साहसी बन्नुहोस्, समयले साथ दिनेछ । आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ । नयाँ कामको थालनी हुनेछ । परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ । सोचेको भन्दा पनि राम्रो सफलता हात पर्ने समय रहेको छ । बाणीमा संयम राख्नुहोस्, समय उत्तम रहेको छ । नोकरी वा पेशामा अधिकारी वर्गसँग राम्रो तालमेल बन्नेछ । घर परिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् । कार्यक्षेत्रमा गम्भीर वा तटस्थ भइ कार्य गर्नुहोस् । स्वास्थ्य सामान्य रहनेछ । ढाड दुख्ने समस्या बल्झिन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिहरू लागि यो महिना सामान्य रहनेछ । नेटवर्किङ क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन् । सरकारी परीक्षाको तयारी गर्नुहुनेहरूको लागि समय उत्तम रहेको छ । पारिवारिक सम्बन्ध मजबुत हुनेछ । विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ । कार्यक्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ कार्यक्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा मिल्नेछ । व्यापार व्यवसायमा आफन्तहरूको साथ सहयोग मिल्नेछ । राजनीतिक एवं सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । सामाजिक कार्यमा जनताको समर्थन मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ, घाँटी दुख्ने समस्या हुन सक्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ । कार्यक्षेत्रमा बाणीका प्रभावले हजुरले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ । आकस्मिक धन लाभका योग छ । शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्राहरूबाट सफलता मिल्नेछ । व्यापार विस्तारको लागि नयाँ रूपरेखा कोरिनेछ । आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन् । घरायसी कामकाजमा धेरै समय व्यतीत हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवन साथीको कुरालाई पनि मान दिने प्रयास गर्नुहोला । विद्यार्थीहरूलाई पढाइमा विशेष सफलता मिल्नेछ । इन्जिनियरिङ वा चिकित्साको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशिहरूको लागि यो समय सामान्य रहेको छ । कार्यक्षेत्रमा नयाँ बाधाहरु आउनेछन् । कार्यक्षेत्रमा अरुको सहयोग नमिल्ला । मित्रबाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउनाले मन खुसी रहनेछ । अनावश्यक खर्च हुन सक्ला । साहसिक कार्यमा आर्थिक लाभ हुन सक्छ । न्यायिक क्षेत्र बलबान रहनेछ । कार्यक्षेत्रमा अर्काको विश्वासमा काम नछोड्नुहोस् । व्यापार व्यवसायमा नयाँ काम थालिनको लागि समय उपयुक्त छैन । व्यापारमा सोचेजस्तो लाभ नमिल्ला । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । पठन पाठनमा लाग्नेको स्वास्थ्य सामान्य रहनेछ ।

















