Khabar Board

आईपीएलका कारण बिग्रिएको थियो अष्ट्रेलियाका यी दुई स्टारबीचको सम्बन्ध

काठमाडौं ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रयु साइमण्ड्सले माइकल क्लार्कसँगको सम्बन्धको बारे ठूलो प्रतिक्रिया दिएका छन् । उनले आइपिएलमा पाएको पैसाका कारण कसरी दुवै खेलाडीको सम्बन्धमा दरार आएको प्रतिक्रिया दिएका हुन् ।

साइमन्ड्स र क्लार्कले सँगै धेरै क्रिकेट खेलेका छन् । दुवैबीच राम्रो सम्बन्ध पनि थियो । यद्यपि, करियरको अन्तिम दिनहरूमा क्लार्कसँग साइमन्ड्सको सम्बन्ध बिग्रियो । साइमन्ड्सका अनुसार उनले आईपीएल खेल्नको लागि धेरै पैसा पाएका थिए ।

र, त्यही कारण क्लार्कले आफूसँग राम्रो व्यवहार नगर्न थालेको उनले बताएका छन् । आईपीएल २००८ को लिलामीमा साइमण्ड्स सर्वाधिक मूल्य पाउने दोस्रो खेलाडी थिए । डेक्कन चार्जर्स हैदरावादले उनको लागि ठूलो बोली लगाएको थियो ।

फक्स स्पोर्ट्सका अनुसार साइमन्ड्सले ब्रेट लीसँगको कुराकानीमा भनेका छन्, ‘जब माइकल क्लार्क टोलीमा आए, हामी धेरै नजिक भयौं । म उहाँसँग धेरै ब्याटिङ गर्थें र उहाँको धेरै ख्याल पनि गर्थें । जब आईपीएल सुरु भयो, त्यसपछि हाम्रो सम्बन्धमा दरार आयो । कारण थियो मेरो बढी पारिश्रमिक । पैसाले गर्दा हाम्रो सम्बन्धमा चिसोपन आएको थियो । अब ऊ मसँग साथी छैन । र, मलाई त्यसमा कुनै समस्या छैन ।’

क्लार्कले पनि साइमण्ड्सको आरोपको खण्डन गरिसकेका छन् । उनले आफ्नो एशेज डायरीमा लेखेका थिए, ‘साइमन्ड्स आफ्नो नेतृत्वको आलोचना गर्न टिभिमा गएका थिए । उनलाई कसैको कप्तानीमाथि प्रश्न उठाउने अधिकार छैन । उनले लगाएको आरोप सत्यभन्दा धेरै टाढा छ ।’

सन् २००८ को आईपीएल अक्सनमा साइमण्ड्स ९ करोड ९५ लाख भारुमा अनुबन्ध भएका थिए । त्यो सिजनमा क्लार्क ४ करोड ८९ लाख भारुमा बिक्री भएका थिए ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.