Khabar Board
Flash logo up side
flash header

पालिका प्रमुख प्रशासकीय अधिकृतले खुवाए रक्सी : बिल गाउँपालिकाबाट भुक्तानी

Nirbachan m

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले आफ्नो पाहुनासँग होटलमा बसी खाएको पैसा गाउँपालिकाको कार्यालयबाट भुक्तानी गराएको खुलेको छ । गत असोजमा मकवानपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकतको रुपमा सरुवा भई आएका कार्कीले पुसमा आफ्नो पाहुनालाई हेटौंडाको होटलमा राखी खुवाएको मादक पदार्थ, खाना लगायतको बिल गाउँपालिकाबाट अतिथि सत्कारको शीर्षकमा भुक्तानी गरेको पाइएको हो ।

Center article

गत पुस २० गते शुक्रबार हेटौंडाको ई–प्यालेस होटलमा कार्कीसहित उनका साथीहरु बसेर खाएको खाना, मादक पदार्थ र २ थान कोठाको बिल गाउँपालिकाबाट भुक्तानी गराइएको हो । कार्कीले ४ सेट भेज खाना, १ सेट मटन खाना , १ क्वार्टर खुकुरी रम रक्सी, २ क्वार्टर ओल्ड दरबार रक्सी, ३ प्लेट चिकेन छोइला, १ प्लेट ग्रीन सलाद, २ प्लेट भेज पकौडा, २ प्लेट चिकेन मःम, ४ थान बदाम जुस, २ थान अन्य चिकेन आइटम, चुरोट र २ वटा रुमको पैसा गाउँपालिकाबाट भुक्तानी गराएका हुन् ।

गाउँपालिकाको कार्यालयबाट १३ हजार २ सय २१ रुपैयाँ बराबरको बिल भुक्तानी भएको हो । होटललाई गाउँपालिकाको नाममा ३ थान रुम, ७ थान खाना र ७ थान ब्रेकफास्टको बिल बनाउन लगाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीले सो रकम भुक्तानी गराएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफुले सो बिल गाउँपालिकाबाट भुक्तानी गराएको स्वीकारेका छन् । उनले कार्यपालिकाले आफुलाई अतिथि सत्कारको शीर्षकमा बजेट खर्च गर्न सक्ने अधिकार दिएको र सो बिललाई अतिथि सत्कारको शीर्षकबाट भुक्तानी गराइएको बताए ।

कार्कीका अनुसार उनीसँग चिनजान भएका संघीय मन्त्रालयका उच्च पदस्थ कर्मचारी आफ्नो श्रीमतिसहित हेटौंडा आएको र उनले होटलमा राखी सत्कार गरेका थिए । गाउँपालिकासँग सम्बन्ध नभएको, आफ्नो निजी कामको लागि हेटौंडा आइपुगेको समुहलाई होटलमा राखी खाजा, खाना, मादक पदार्थको व्यवस्थापन गरेका कार्कीले सो बिलको भुक्तानी गाउँपालिकाबाट गराए ।

गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङतान संग कुराकानी गर्दा आफुलाई यो कुरा नौलो भएको भन्दै यस बिषयमा कुनै पनि जानकारी नभएको बताएका छन।

श्रोत नवयुग

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.