सन्दीपको मुद्दामा अदालतले फैसला सुनाएपछि यस्तो भन्छीन् गौशाला-२६ की वकिल मोहना अन्सारी

Image

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अदालतले फैसला सुनाएपछि गौशाला २६ कि एक वकिलले ट्विटरमा असन्तुष्टि व्यक्ति गरेकी छन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारीले ‘फैसला आएको थाहै नपाएको’ भन्दै घुमाउरो टिप्पणी गरेकी हुन् । उच्च अदालतले दुई दिन लामो बहसपछि हिजो फैसला सुनाएको थियो ।

फैसला लिखित रुपमा उपलब्ध नगराइएको भन्दै गौशाला २६ का वकिलहरु असन्तुष्ट छन् । यद्यपि, अदालतले आरोपीलाई सफाइ दिइएको अवस्थामा लिखित आदेश नगरीकन सिधै वेबसाइटमा निर्णय लेख्ने अभ्यास छ । अन्सारीले नाबालिगमाथि जबरजस्ती करणीको मुद्दा नसकिएको दाबी गरेकी छन् ।

उनले आज लेखेको ट्विट यस्तो छ: ‘नाबालिका जबरजस्ती करणीको मुद्दा सकिएको छैन, तर निज बालिकाको फोटो राखेर सभ्यताका नायकहरूले फैसला नै गरिसकेका छन् । फैसला नै सार्वजनिक भैसकेको हामी कसैलाई थाहा जानकारी छैन तर टिभी च्यानल र यूट्यूबरहरुले फैसला सुनाई सके अहिले तँछाडमछाड गर्दै उफ्रिँदै छन्। राज्य नै जब पीडितको संरक्षक हुँदैन भने को बाट आस गरिन्छ । सबै राज्यका निकाय मौन छन् ।’