Khabar Board
Flash logo up side
flash header

सानिमा बैंकले असार १० गतेदेखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, कति ब्याज दिन्छ ?

Nirbachan m

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई (सामुहिक लगानी कोषबाट कुनै आवेदन प्राप्त नभएको) बिक्री गरिनेछ । त्यस्तै, बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

बैंकको ऋणपत्रमा छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Center article

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

यो पनि : यस्तो छ सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री दिने गते र ब्याजदर

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.