Khabar Board
Flash logo up side
flash header

यस्तो छ सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री दिने गते र ब्याजदर

Nirbachan m

काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । त्यस्तै, बाँकी ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Center article

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

यो पनि : सानिमा बैंकले असार १० गतेदेखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, कति ब्याज दिन्छ ?

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.