Khabar Board
Flash logo up side
flash header

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

नेपालले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा नेपालको नयाँ राख्ने निर्णय गरेको छ। हालसम्म पुरानो नक्सा प्रयोग गरिँदै आएकामा नयाँ नक्सा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो।

यातायात कार्यालय हेटौँडा

यससँगै संविधानसमेत संशोधन गरेर उक्त नक्सालाई नेपालको निसान छापमा समेत राखिएको थियो। तर, सयको नोटमा भने पुरानै नक्सा थियो। मन्त्रिपरिषद्को यो निर्णयसँगै सयको नोटमा रहेको नेपालको पुरानो नक्सा फेरिएर नयाँ नक्सा रहने भएको छ।

मन्त्रिपरिषद् बैठकले ‘नेपालमा हाल चलनचल्तिमा रहेको रुपैयाँ सय दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’ निर्णय गरेको हो।

त्यस्तै, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ खारेजीको निर्णय पनि सरकारले गरेको छ।

विश्व बैंकबाट उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड रुपैयाँ (सय मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने लगायतका निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.