Khabar Board
Flash logo up side
flash header

जिम्बाब्वेसँगको टी–२० सिरिजका लागि नेपालको टोली घोषणा, यी खेलाडीले पाए मौका

Nirbachan m

काठमाडौं ।

ज्म्बिाब्वे ‘ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपालको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा बशिर अहमदले पहिलोपटक मौका पाएका छन् ।

नेपालले जिम्बाब्वे ‘ए’सँग भोलिदेखि तीन खेलको सिसरिज खेल्दैछ । खेल दिउँसो १ बजे हुने क्यानले जनाएको छ । त्यस्तै, दोस्रो टी–२० सोमबार र तेस्रो म्याच बुधबार हुनेछ । त्यस्तै, एकदिवसीय सिरिजको पहिलो खेल शुक्रबार, दोस्रो शनिबार र तेस्रो तथा अन्तिम एकदिवसीय म्याच आउँदो सोमबार हुने क्यानले जनाएको छ ।

Center article

पूर्वनिर्धारित तालिकाअनुसार नेपाल र जिम्बाब्वे ‘ए’ ले एकदिवसीय सिरिजको पहिलो खेल आज थियो । तर, वर्षा बाधक बन्दा टस नै नभएर खेल रद्द भयो ।

टी–२० सिरिजका लागि नेपालको टोली : आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव बशिर अहमद, लोकेश बम र भीम सार्की ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.