Khabar Board

यस्तो छ पहेँलो दाँत सेतो र चम्किलो बनाउने घरेलु उपाय

दाँत मानव शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । अनुहारको सौन्दर्यको लागी यसले विशेष भूमिका खेल्छ । यसकारण मिलेका सेता, चम्किला दाँतहरूले तपाईँको सुन्दरता बढाइदिन्छ । तर सबैको दाँत सेतो र चम्किलो अनि मिलेको भइदिँदैन ।

केही मानिसहरूको दाँत पहेँलो हुन्छ । यस्तो दाँतले स्वास्थ्यमा मात्र नभई व्यक्तित्वमा पनि असर पार्छ । यदि कुनै व्यक्ति देख्दा आकर्षक र सुन्दर छ तर उसको दाँत पहेँलो छ भने मानिसहरूको हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।

यसकारण धेरै मानिसहरू दाँत पहेँलो हुने समस्याबाट ग्रसित बनिरहेका छन् । दाँत पहेँलो हुनुका कयौँ कारणहरू छन् । आज हामी तिनै मध्यको केही कारणहरूको विषयमा जानकारी गराउँछौ ।

कतिपय मानिसहरूमा स्वास्थ्यको खराबीले यस्तो समस्या आउँछ । तर प्राय मानिसको आफ्नै लापरबाहीले यस्ता समस्या आउँछन् । हाल युवा देखि वृद्धा सबैले चुरोट, पान, पराग, खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्ने गर्छन् । जसको कारण दाँत पहेँलो हुने र दाँत सम्बन्धी अन्य विभिन्न समस्याहरू देखा पर्छन्। यति मात्र नभई सास गन्हाउन सक्छ ।

दाँत चम्किलो बनाउने घरेलु उपाय

एउटा सफा कचौरामा थोरै मन्जन, सानो चम्चाको आधा भन्दा कम बेकिङ सोडा, एक चिम्टी नुन, एक चिम्टी फिटकीरी, आधा टुक्रा कागतीको रस र थोरै कफीको पाउडर मिसाउनुहोस् त्यसपछि सो पेस्टले करिब दुई मिनेटसम्म ब्रस गर्नुहोस् ।

यो विधिलाई १५ दिनमा दुई पटक जत्ति प्रयोग गर्नुहोस् । जसले पहेँलो दाँतलाई चम्काउन र सास फ्रेस बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.