भुसालले आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्री रविसँग मागे माफी

Image

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आपत्तिजनक शब्दसहित गाली गरेका निकोलस भुसालले माफी मागेका छन् ।बुधबार गृह मन्त्रालय परिसरमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँग भुसालले माफी मागेका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेको समर्थनमा सडकमा उत्रिरहेका भुसाल केही दिनयता आपत्तिजनक र विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । माइतीघर क्षेत्रमा प्रदर्शननमा उत्रिएका उनीसहितलाई प्रहरीले यसबीचमा दुई पटक पक्राउ गरिसकेको छ ।

प्रहरी हिरासतबाट निस्किएपछि अर्का भाइरल व्यक्ति दुर्गा प्रसाईलाई भेटेपछि भुसाल झन् जथाभावी बोलिरहेका छन् । उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पनि च्यात्ने बताएका थिए ।

तर उनै भुसालले बुधबार गृह मन्त्रालय रविलाई भेटेर माफी मागेका हुन् । उनले आफूले आक्रोशमा आएर बोलेको भन्दै माफी मागेपछि गृहमन्त्री मुस्कुराएका थिए । उनले गृहमन्त्री लामिछानेलाई भेटेपछि ‘युवाहरूका आशा र भरोसा’ को संज्ञा दिएर प्रशंसा गरे ।