काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन् । बिमस्टेक बैठकमा सहभागी हुन यही चैत १९ गते उनी थाइल्याण्ड जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
उनका अनुसार प्रधानमन्त्री चैत २३ गतेसम्म बैंककमा रहनेछन् ।

















