हेटौंडा।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पान्डे विरुद्ध हस्ताक्षर संकलन गर्न सुरु गरिएको छ । प्रदेश सभाबाट बजेट पास भए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गर्न सुरु गरेको छ ।
पान्डे मुख्यमन्त्री बन्ने बेलामा भएको सहमती अनुसार नेपाली काङ्ग्रेसलाई मुख्यमन्त्रीको पद छाड्न तयार नभएपछी गठबन्धनका दुई दलहरु हस्ताक्षर संकलनमा जुटेका छन् । नेकपा एमालेको प्रदेश सरकार ढलेपछी गठबन्धनमा पान्डे र काङ्ग्रेसका इन्द्रबहादुर बानियाँले आधाआधा भागवन्डामा मुख्यमन्त्री बने सहमती भएको थियो । अहिले त्यतिबेलाको सहमति लाई भुलेर मुख्यमन्त्री पद छाड्न मानेका छैनन्।
पाण्डेले केन्द्रको निर्देशन चाहिने भनेपछी गठबन्धन विचमै हस्ताक्षर संकलन सुरुभएको छ । सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको हो ।
राजेन्द्र पान्डे गत कात्तिक ११ गते ६ महिनाको लागि नेतृत्व मा रहने सहमतीमा मुख्यमन्त्री बनेका थिए । प्रदेश सरकार परिवर्तनको लागि कुल १०७ जना सांसद् मध्ये ५४ जना सांसद्को समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाको एक सांसद् रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका मध्ये २ जना स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेपछि ४१ जना मात्र कायम रहेका छन् ।