हेटौंडा । हेटौंडा १५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका दुई बाघको आक्रमणमा परेर घाइते भएका छन् ।
बुधबार बिहान ८ः१५ बजेको समयमा घर नजिकैको वनमा बाख्रा चराउन गएका स्थानीय ६५ बर्षका कृष्ण बहादुर थिङ र १७ वर्षीका सुमन घलान घाइते भएका हुन् ।
थिङको घाँटीमा गहिरो चोट भएको कारण उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाकारी दिएको छ ।
१७ बर्षीय घलानको दाहिने कुम र ढाडको बाँया साईड, छातिमा टोकेको छ तर अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।घाईते दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनकारी दिएको छ ।