हेटौडा – भोलि हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध छिरिग मोक्तानले जानकारि दिएको छ।
मङलबार हेटौडा १० पल्पसा प्याराडाइज हलमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानले पत्रकार सम्मेलन गर्दै हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने जानकारी दिएको हो । सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध छिरिग मोक्तानले यो देशको उत्पीडित जातीहरुले अझैपनि आफ्नो अधिकार नपाएको बताएका छन।
पटकपटक तामाङ जातिहरुले आफ्नो अधिकार तथा पहिचानको लागी माग गर्दै आन्दोलन गरेपनि सफल नभएको । बिगतमा नेपाली जनताले तानाशाहि राणा शासन, पन्चायत आदिको विरुद्ध तथा लोकतन्त्रको लागी संघर्ष गर्दै लोकतन्त्रको स्थापना गरेपनि आर्थिक बिकास गर्न नसकेको बताएका छन।
मोक्तानले तामसालिङ राज्य स्थापना को लागी शान्ति पुर्ण जनप्रदर्शन गरिने साथै विश्वपरिवेशको जस्तो आर्थिक क्षेत्रमा हाम्रो देशमा आउन पर्ने परिवर्तन आज सम्म हुन नसक्ने प्रमुख दुइ कारण आन्तरिक राजनीतिमा शक्तिको सन्तुलित बाडफाड नहुनु साथै कमजोरी तथा बाह्य कारणमा आधुनिक राज्य बने पश्चातबाट नै देश अमेरिकी तथा भारतीय पक्षमा चल्ने तर अमेरिका र भारत को बिरोध गर्ने परिपाटी रहेको बताएका छन।
नेपाल एक तामाङ राष्ट्र , च्योबाङ राष्ट्र , नेवा राष्ट्र , चौधरी राष्ट्र जस्ता राष्ट्रहरु को रूपमा बहु राष्ट्र रहेको बताउदै जनप्रदर्शन गर्ने बताएका छन। आज भन्दा अगाडिका पहिचानको पक्षमा रहेका राजनीतिक दलहरु भागबन्डामा मात्र अघि बढेको तर हामीहरु बहुलराष्ट्र को अवधारणाले राष्ट्रिय एकतामा खलल नपर्ने र सबै जातजाति को पहिचानको सुनिश्चितता हुदा थप मजबुत राष्ट्रिय एकता बन्ने बिश्वास रहेको बताएका छन।
भोलि हुने बिशाल जनप्रदर्शनमा प्रमुख वक्ता राष्ट्रिय मुक्ति क्रान्ति अभियानका राष्ट्रिय संयोजक राजेन्द्र महतो आउने जानकारी दिएका छन्।